प्रधानमन्त्री दाहालविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ
नेपालखोज
२०७९ चैत ७ गते १६:३४

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल बिरुद्व बानेश्वरमा नाराबाजी भएको छ ।
अन्तरास्ट्रिय जातिय भेदभाव उन्मुलनको अबसर पारी कार्यक्रममा जाँदै गरेका प्रधानमन्त्री प्रचण्ड बिरुद्व तीन जना युवाहरुले बानेश्वरमा नाराबाजी सुरु गरेका हुन् । ती मध्य एक युवाले प्रधानमन्त्री समक्ष आफ्नो कुरा राख्न पाउनुपर्ने माग राखेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा नाराबाजी सुरु भएको हो ।
प्रहरीले यसरी आफुलाई दबाउन नपाउने भन्दै अर्का युवाले नारा लगाए । ती युवाहरुलाई नियन्त्रणमा लिएपछी मात्र प्रधानमन्त्री कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रम स्थलमा जाँदै गर्दा प्रचण्डकै अगाडी एक युवाले ‘बैंकको मिटर ब्याज मिनाहा गर’ भन्दै नारा लगाए । प्रहरीले युवालाई तुरुन्तै नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया