शुक्रबार, वैशाख ७, २०८१

हामी कट्टर धार्मिक कि आध्यात्मिक ?

सुमन दाहाल २०७९ चैत ८ गते १०:३१

१. कट्टर धार्मिकहरू संपूर्ण मानवजातीलाई प्रेम गर्दैनन् । आफ्नै वर्ग, आफ्नै जाती र आफ्नै समूहलाई भने असाध्यै प्रेम गर्दछन् । आफ्नो समूहभन्दा पृथकलाई घृणाको दृष्टीले हेर्दछन् र त्यस्तै ब्यवहार गर्दछन्।

आध्यात्मिक ब्यक्तित्वहरू आफ्नो धर्म, आफ्नो समूह, आफ्नै जातपातबाट धेरै माथि ऊठेर प्राणी जगत संपूर्णलाई प्रेम र आदरभाव प्रकट गर्दछन् । हरेक धर्ममा आध्यात्मिक ब्यक्तिहरू त धेरै भेट्नुहुन्छ तर सबै धार्मिकहरू आध्यात्मिक हुंदैनन्। यस्तो निश्कर्ष कस्तो हुन्छ होला ‘सबै आध्यात्मिकहरू धार्मिक हुन्, सबै धार्मिकहरू आध्यात्मिक होईनन्’।

२. आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ भने कट्टर धार्मिक बिचारले एक आपसमा मतभेद र मनभेद सिर्जना गर्छ । यो धर्म ठूलो, यो धर्म पुरानो, त्यो धर्म अनुशरण गर्नेहरूको संख्या ठूलो, त्यो धर्म अनुशरण गर्नेको संख्या कम आदि ईत्यादी । कहिलेकहिं त धर्म विवादमा यूद्ध समेत हुने गरेकोछ। आध्यात्मिक चिन्तनले यस्तो अपराध कर्म स्विकार गर्दैन ।

३. आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन ( आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।

४. धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुॅदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।

५. अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।

६. आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ति ऊपदेशमा मात्र आफूलाई समाहित बनाऊनुपर्छ भन्ने छैन। आफैंले स्वतन्त्र चिन्तन द्वारा आफ्नैलागि आध्यात्मिक बाटो निर्माण गर्नसकिन्छ । यध्यपि त्यस्ता अर्ति र ऊपदेशलाई ऊत्प्रेरणा स्वरूप ग्रहण गर्न सकिन्छ (सदैव त्यहि नै अन्तिम सत्य हो भन्ने होईन । समय सापेक्ष आत्म समिक्षा सहितको निर्णय नै आदर्श जीवनशैली हो ।

तसर्थ हामीहरूले विश्वास गर्ने बिभिन्न राजनीतिक वादहरू प्रजातान्त्रिक समाजवाद, साम्यवाद, मार्क्सवाद, माओवाद जस्तै रहेछन् बिभिन्न धर्महरू। आफूले अनुशरण गरेको सधैं सत्य अरू सबै गलत भनेजस्तै। तर स्वतन्त्र ब्यक्ति सदैव अशल कुराहरू मात्र बिभिन्न वादहरूबाट ग्रहण गर्दै आफ्नो स्वतन्त्र आदर्श जीवनशैलीको अनुशरण गर्छ । समभावसहित सामाजिक सद्भाव कायम गर्न रूचाऊंछ आध्यात्मिक ब्यक्ति सरह ।

‘अन्त्यमा हामी के हौं त धार्मिक या आध्यात्मिक ?’ (शिष्टाचार अभियान नेपाल)

प्रतिक्रिया