बिहीबार, वैशाख १३, २०८१

ताङतिङ-करापुडाँडा-याङ्जाकोट पदमार्ग र होमस्टे

नेपालखोज २०७९ चैत ८ गते ९:०१

काठमाडाैं । गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले गएको माघ ५ गते देखि ताङतिङ-करापुडाँडा-याङ्जाकोट होमस्टे पदमार्गको अन्वेषण भ्रमण गर्दै पदमार्ग सुचारू गराएको छ । ग्रामिण पर्यटनविद, भिटोफ कार्यसमितिका सदस्यहरू, पत्रकार, पथ प्रर्दशक, स्थानिय तथा पर्यटन ब्यवसायीको सहभागितामा उक्त पदमार्गको स्थलगत अन्वेशण गरेिएको हो । यसक्रममा पोखराबाट करिब २७ कि.मि. को दूरिमा रहेको ताङतिङ होमस्टेहुँदै करापुडाँडामा क्याम्पिङ गर्दै याङजाकोट होमस्टे सम्मको ट्रेकिङ ट्रेलको अध्ययन गरिएको थियो ।

ताङतिङ होमस्टे

समुन्द्र सतहबाट करिब १६५७ मिटर उचाइमा रहेको सुन्दर गुरूङ बस्ति हो ( ताङतिङ । सफा र ढुंगाले बनेको कलात्मक २ सय जति घर धुरीमा १३ घरमा होमस्टे सुबिधा छ। अन्नपूर्ण ४, २ र लमजुङ हिमाल आँखा अगाडि देखिन्छ। होमस्टेमा आत्मीय सत्कार, स्थानिय परिकारसँगै सोरठी, घाटु र झ्याउरे जस्ता सांस्कृतिक कार्यक्रम हेर्न पाईन्छ। गाँउमा गुम्बा र शिब मन्दिर समेत छ।

करापुडाँडा

ताङतिङबाट करिब ५ घण्टा पूर्वोत्तर उकालो हिडेँपछि करापु डाँडा पुगिन्छ। गुराँसे जंगल, रंगी बिरंगी फूल, चराचुरुंगीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न सकिन्छ। नौंचु डाँडा, स्तुपा, नौजले डाँडा, भेडी गोठहुँदै ३०७७ मिटर उचाईमा अवस्थित करापुडाँडासम्म पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुको साथै मनास्लु हिमाल, अन्नपूर्ण २, अन्नपूर्ण ४, अन्नपूर्ण ३ , माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथको सुन्दर दृश्यले रोमाञ्चक बनाउँछ।क्याम्पिङ साइटमा एउटा धर्मशाला छ जहाँ नजिकै पानीको श्रोत र क्याम्प बस्न मिल्ने सुविधा छ।

करापु भीरहुँदै याङ्जाकोट

करापु डाँडाबाट ओरालो करिब ४(५ घण्टा डाँडा र जंगलको बाटोहुँदै याङ्जाकोट पुगिन्छ। सुरुको करिब २० मिनेट बाटो भिरालो र अप्ठ्यारो छ, डोरीको आवस्यकता पर्नसक्छ। यो ठाउँमा पदमार्ग सुधार र मर्मत गर्नु जरूरी छ । क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरोहुँदै याङजाकोट पुगिन्छ ।

याङजाकोट होमस्टे

कास्कीको मादी गाउँपालिका(३ मा पर्नै याङ्जाकोट गाँउ समुन्द्र सतहबाट १४७७ मि। उचाईमा छ। यहाँ गुरूङ, दलित र क्षेत्रीको २६० घरधुरी छन् । गाँउमा कोइबारी ९कोट० छ, जहाँ दसै र चैते दसैमा बलि चढाईन्छ। छापाडाँडा भ्यू प्वाईन्टबाट अन्नपूर्ण, लमजुङ, माछापुछ्रे हिमाल नजिकै देखिन्छ । होमस्टेका अध्यक्ष रोशन गुरुङका अनुसार गाउँका ८ घरमा होम्सटे सुविधा छ जहाँ २०० जना जति पाहुना अटाउँछन्। यहाँ आन्तरिक तथा बिदेशी पाहुना प्रशस्तै आँउछन्, बिशेष गरि हिमाल र ढुंगे घरले पर्यटक लोभ्याउने गरेको गुरूङले बताए।

होमस्टेमा लोकल परिकारहरु खानका साथै कृष्ण चरित्र, घाटु र सोरठी जस्ता ल्लनाचगान हेर्न पाईन्छ। भिटोफ नेपालका सह(कोषाध्यक्ष कृष्ण बहादुर सुवेदीका अनुसार आगामी दिनमा यो रूटलाई अन्य होमस्टेहरु जस्तै भुजुङ, पसगाँउ र घलेगाँउसँग जोड्न सकिन्छ । अन्य होमस्टेलाई जोडेर बृहत्तर पदमार्ग तयार गर्न सकिने उनले बताए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गका मुख्य आकर्षण स्थानीय रहन सहन, खानपिन साथै अन्नपूर्ण र मनास्लु हिमश्रृंखला नजिकबाट अबलोकन गर्न पाइन्छ।

प्रतिक्रिया