शुक्रबार, वैशाख २१, २०८१

कुन-कुन देशमा दिईन्छ महिनावारी बिदा ?

नेपालखोज २०७९ चैत ९ गते ८:५९

काठमाडाैं । धेरै जसो महिलालाई महिनावारीको समयमा पिडा हुन्छ, तर चुनिएका देशहरूमा मात्र महिलाहरूले यस्तो अवस्थामा कामबाट फुर्सद पाउँछन् । यीमध्ये अधिकांश एसियाका देश छन् ।

स्पेन : स्पेनको संसदमा एक ऐतिहासिक कानूनमाथि बहस भैरहेको छ, जस अन्तर्गत महिलाहरूले महिनावारीको पीडामा असीमित आराम गर्न पाउनेछन् । यसका लागि उनीहरूले डाक्टरको सिफारिस मात्र बुझाउनुपर्छ । यद्यपि स्पेनका धेरै युनियनहरूले यसको आलोचना गरेका छन् । यस्तो नियमका कारण कम्पनीहरूले महिलालाई रोजगारी दिन हिचकिचाउने उनीहरूको विश्वास छ ।

इन्डोनेसया : इन्डोनेसियामा सन् २००३ मै महिलालाई महिनामा दुई दिन महिनावारी बिदा दिने कानुन पारित भएको थियो तर अझै यो कानुनको पूर्ण पालना भएको छैन । धेरै काममा दुईको सट्टा महिनामा एक दिन मात्र बिदा दिइन्छ भने कतिपय ठाउँमा त्यो पनि उपलब्ध हुँदैन।

जापान : सन् १९४७ को शुरुमा जापानका कम्पनीहरूले महिलाहरूलाई महिनावारीको बिदा माग्दा उनीहरूलाई आवश्यक पर्ने बिदा दिनु अनिवार्य गरिएको थियो । त्यस्तो बिदामा कम्पनीहरूले महिलालाई तलब दिनु अनिवार्य थिएन ।

दक्षिण कोरिया : दक्षिण कोरियामा महिलाहरूले प्रत्येक महिना महिनावारी बिदा लिन सक्छन् तर उनीहरूले ती दिनको तलब पाउँदैनन् । यदि कम्पनीले बिदा दिन अस्वीकार गरे उसलाई ३,८४४ डलर सम्म जरिवाना हुन सक्छ । २०१८ मा गरिएको एक सर्वेक्षणले यस मामिलामा दक्षिण कोरियाको स्थिति जापानको तुलनामा राम्रो देखाएको थियो ।

ताइवान : ताइवानमा महिलाले वर्षमा तीन दिन महिनावारी बिदा लिन पाउँछन् । यो बिदा महिनामा एक दिन मात्र लिन सकिन्छ। बिरामी बिदा जस्तै पिरियड बिदामा पनि आधा तलब पाईन्छ ।

जाम्बिया : जाम्बियामा २०१५ मा एक कानून बनेको थियो जस अन्तर्गत महिलाहरूले बिना सूचना र डाक्टरको सिफारिस बिना महिनावारीको समयमा एक दिन बिदा लिन सक्थे । सबै कम्पनीले यो कानूनको पालना नगरे पनि ट्रेड युनियनहरुको प्रोत्साहनका कारण महिलाले यो कानुनको फाइदा लिन थालेका छन् ।

केहि अनौठा कम्पनीहरु : कतिपय देशका कतिपय कम्पनीले कानुनी बाध्यताविना महिनाबारि बिदा दिन थालेका छन् । उदाहरणका लागि अष्ट्रेलियाको पेन्सन कोष ‘फ्यूचर सुपर’ ले वर्षमा ६ दिनको महिनाबारि बिदा दिन्छ । भारतीय खाना वितरण स्टार्टअप जोमाटोले १० दिन तथा फ्रान्सेली फर्निचर कम्पनी लुइसले १२ दिनको महिनाबारि बिदा दिन्छ ।
एएफपी

प्रतिक्रिया