आइतबार, वैशाख १६, २०८१

उल्टो हिँड्दा के फाइदा हुन्छ ?

नेपालखोज २०८० भदौ २ गते ५:२२

हामिले सामाजिक संजालमा कतिपयलाई उल्टो हिडेको देखेका छौं । शरीरलाई स्वस्थ राख्न धेरै प्रकारका व्यायाम गर्न सकिन्छ ।

विश्वभरका विज्ञहरू हिँड्नुलाई सबैभन्दा राम्रो व्यायाम मान्छन् किनभने यो बालबालिका देखि वृद्धसम्म जोसुकैले पनि गर्न सक्छन् । यद्यपि उल्टो हिँड्नु आफैमा एउटा फरक काम हो । के हामीलाई उल्टो हिँड्नुको फाइदाका बारेमा जानकारि छ ?

भनिन्छ सीधा हिँड्नुभन्दा उल्टो हिँड्नु बढि फाइदाजनक हुन्छ । यसले हाम्रो मस्तिष्क र शरीरबीच राम्रो सन्तुलन सिर्जना गर्छ । दैनिक २०-३० मिनेट उल्टो हिँडदा ( रिभर्स वाक ) मिर्गौला, उच्च रक्तचाप र मधुमेहसम्बन्धी समस्यामा फाइदा मिल्छ ।

घुँडाका लागि लाभदायक

रिभर्स वाकले घुँडासँग सम्बन्धित समस्याहरू कम गर्न मद्दत गर्छ । यसले घुँडाको पिडा र तनाव कम गर्न सक्छ । खुट्टाको चोट वा बाथबाट पीडित व्यक्तिहरूका लागि उल्टो हिँडनु एउटा राम्रो ब्यायाम हो ।

ढाडको पिडा कम हुन्छ

रिभर्स वाकले ढाडको पिडा कम हुन सक्छ । रिभर्स वाक गर्दा हाम्रो सरिरको पछाडिको मांसपेशीमा व्यायाम पुग्छ । यसले गर्दा मेरुदण्ड तथा ढाड दुख्ने समस्यामा राहत मिल्छ ।

मानसिक स्वास्थ्यका लागि

उल्टो हिँड्दा दिमाग सक्रिय हुनुपर्छ र बढी ध्यान केन्द्रित गर्नुपर्छ । यसले मस्तिष्कलाई राम्रो व्यायाम दिन्छ । दैनिक उल्टो हिँड्दा डिप्रेसन र एन्जाइटी जस्ता मानसिक समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

खुट्टाको बल बृद्धि

उल्टो हिँड्दा खुट्टाको पछाडिको मांसपेशीलाई पनि व्यायाम पुग्छ । यसले खुट्टा बलियो बनाउँछ ।

राम्रो सन्तुलन

उल्टो हिँड्दा शरीर र मस्तिष्क बीच सन्तुलन कायम रहन्छ । सीधा हिँड्नुको सट्टा उल्टो हिँड्दा हाम्रो मस्तिष्क शरीरको चालमा केन्द्रित हुन्छ । यसले शरीरको सन्तुलन र मनको एकाग्रता बढाउँछ ।

वजन घटाउन

तौल घटाउन चाहने मानिसहरूका लागि उल्टो हिँड्नु राम्रो ब्यायाम हो । जब हामि पछाडि हिँड्छौं तब हामिईंले आफ्नो शरीरको अगाडि र पछाडि सन्तुलन कायम गर्नुपर्छ । यसबाट शरीरलाई कसिलो हुन्छ र हाम्रो तौल पनि घट्छ ।

प्रतिक्रिया