बुधबार, वैशाख १२, २०८१

राजेश पायल राईको ‘काली काली’ सार्वजनिक (भिडियो)

नेपालखोज २०७९ चैत ९ गते १४:३२

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘काली काली’ बोलको गीत बुधबार ‘द प्रिमियर प्रोडक्सन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गजित विष्ट, गम्भीर विष्ट र समारिका ढकाल फिचर्ड रहेको म्युजिक भिडियोमा टिएन आचार्यको शब्द र लक्ष्मण पोखरेलले संगीत भरेका छन्। निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका म्युजिक भिडियोलाई रोमान्टिक डान्सिङमा गजित र गम्भीरले सहकार्य गरेका छन् ।

टिएन आचार्यले निर्माण गरेको गीतलाई विकाश नेपालीले कोरियोग्राफी गरेका छन् । दिनेश पराजुलीले छायांकन गरेको गीतलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया