शुक्रबार, वैशाख ७, २०८१

विदेशी विनियम सम्वन्धी एकीकृत परिपत्र-२०७८ मा संशोधन

नेपालखोज २०७९ चैत ९ गते १४:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम सम्वन्धी एकीकृत परिपत्र-२०७८ लाई संसोधन गरेको छ । राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार गर्ने सम्पुर्ण निकायहरुको नाउँमा परिपत्र जारी गर्दै एकीकृत परिपत्र-२०७८ लाई संसोधन तथा थप गरेको जानकारी दिएको छ ।

यो व्यवस्था अन्र्तगत बैंक/वित्तीय संस्थाले नगद विदेशी मुद्रा/ड्राफ्ट/टी.टी.जारी हुँंदाकै बखत आयातकर्ताबाट माग भएको सटही रकमको १० प्रतिशत (उद्योगको हकमा दुई प्रतिशत) बराबरको रकम धरौटीको रुपमा अनिवार्य रुपमा लिनु पर्नेछ । भन्सार महशुल प्रयोजनका लागि सो धरौटी रकम बराबरको चेक जारी गर्ने र चेकको पछाडि विवरण लेख्ने व्यवस्था दफा १.१.५ को खण्ड च (४) बमोजिम गर्नुपर्ने छ तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न पाइने छैन । उल्लिखित धरौटी रकम भने लिनु पर्नेछ ।

संसोधित व्यवस्था अनुसार कच्चा ऊन आयातको लागि जारी हुने प्रतीतपत्र तथा ड्राफट टि.टि र कलेक्सनमा समेत २ प्रतिशत (व्यापारिक प्रयोजनको हकमा १० प्रतिशत) भन्सार धरौटी लिनु पर्नेछ । यसअघि भने कच्चा ऊन आयातको लागि जारी हुने प्रतीतपत्र तथा ड्राफ टि.टि र कलेक्सनमा समेत दुई प्रतिशत भन्सार धरौटी लिनु पर्ने व्यवस्था रहेको थियो । सम्बन्धित बैंकले ड्राफ्ट/टी.टी. जारी हुँदाकै बखत आयातकर्ताबाट धरौटीको रुपमा सटही रकमको १० (उद्योगको हकमा २) प्रतिशत वरावरको रकम अनिवार्य रुपमा लिनु पर्नेछ ।

धरौटी सम्बन्धी अन्य व्यवस्था एकीकृत इ.प्रा. परिपत्र संख्या: १ को ‘धरौेटी सम्बन्धी व्यवस्था’ मा उल्लेख भए बमोजिम नै हुने परिपत्रमा उल्लेख छ । सो धरौटी रकम वरावरको चेक जारी गर्ने सम्बन्धमा आयात प्रतीतपत्र सम्बन्धी व्यवस्था बमोजिम नै कायम गरिएको छ । तर, आयातकर्ताको परिवत्र्य विदेशी मुद्रा खाता खर्च हुने अवस्थामा भने धरौटी सम्बन्धी यो व्यवस्था लागु हुने छैन । सार्वजनिक खरिद कानून लागू हुने सार्वजनिक निकायहरुले आफुलाई आवश्यक पर्ने वस्तु, सेवा, निर्माण, परामर्श आदि खरिद ग्लोवल टेण्डर मार्फत भारतबाट आयात गर्दा प्रचलित व्यवस्थाहरू अन्तर्गत रही परिवत्र्य विदेशी मुद्रामा समेत भुक्तानी गर्न सकिने छ ।

यस व्यवस्थाअन्तर्गत एउटा बेनिफिसरीले भुक्तानी पाउने गरी एउटै निवेदकद्वारा अमेरिकी डलर ३५ हजार सो बराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी हुने गरी यस्तो सुविधा प्रदान गर्न पाइने छैन । सामान एकमुष्ट शिपमेण्ट हुने प्रतिवद्धता प्राप्त भएमा एउटै बेनिफिसरीलाई एकै पटक वा पटक-पटक गरी अमेरिकी डलर ३५ हजार सम्म भुक्तानी दिन सकिने, संशोधित व्यवस्थामा उल्लेख छ ।

भारतीय परिवहन निगम, ट्राभल, टूर, ट्रेकिङ्ग तथा बुकिङ्ग एजेन्सीसँग सम्झौता/सहकार्य गरी यातायातका विभिन्न साधन लगायत विविध भ्रमणको लागि टिकट/भ्रमण प्याकेज बुकिङ्ग गर्न विधिवत स्वीकृति प्राप्त गरेका नेपाली एजेन्सीहरूले उल्लिखित प्रयोजनको लागि आधिकारिक अनुरोध गरी सटही माग गरेमा सम्झौता/सहमति र प्रयोजन खुल्ने कागजात वा बिक्री÷बुकिङ्ग गरेको विवरण वा बिल/बीजकको आधारमा सम्बन्धित पक्षलाई भुक्तानी गर्ने प्रयोजनको लागि सटही दिन सकिनेछ । तर, यस्तो सुविधा भारत भ्रमणको लागि मात्र उपलब्ध हुनेछ र प्रचलित करसम्बन्धी व्यवस्थाबमोजिम कर लाग्ने भए कर दाखिला गरेको निस्सा समेत पेश गर्नु पर्नेछ ।

संसोधित व्यवस्था अनुसार वाणिज्य बैंकबाट चाँदी खरिद गर्न सकिने: सुनचाँदीको कारोबारमा संलग्न स-साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट मासिक १ किलोग्राम सम्म खरिद गर्न सक्नेछन । वाणिज्य बैंकहरूले यसरी व्यवसायीलाई चाँदी बिक्री गर्दा सम्बन्धित सुनचाँदी व्यवसायीको व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खाता मार्फत कारोबार गर्नु पर्नेछ ।

साथै, बैंकले यसरी चाँदी बिक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई बिक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा बिक्री गर्ने छैन भन्ने स्वघोषणा समेत लिनु पर्नेछ । तर, निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा उक्त मासिक १ किलोग्रामको सीमा लागू हुने छैन ।

निर्यात व्यवसायीलाई चाँदी बिक्री गर्दा खण्ड (घ) को बुँदा (१) देखि (४) सम्मका व्यवस्था समेत पालना हुनु पर्नेछ । चाँदी आयातमा भुक्तानीको सीमा अन्र्तगत चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर साठ्ठी हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । तर, चाँदीको गरगहना÷कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेशको कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिने संसोधित व्यवस्थामा उल्लेख छ ।

प्रतिक्रिया