बुधबार, वैशाख २६, २०८१

प्रिमियर कपकाे खेल तालिका सार्वजनिक

नेपालखोज २०७९ चैत ९ गते १६:३३

एजेन्सी । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बैशाख महिनामा नेपालमा हुने प्रिमियर कपको समूह बिभाजन तथा खेल तालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ , जसमा ओमान, कतार, मलेसिया तथा साउदी अरब पनि छन् । यसैगरी समूह ‘बी’ मा युएई , हङकङ, कुवेत , सिंगापुर र बहराइन छन् ।

नेपालको पहिलो खेल टियु क्रिकेट मैदानमा वैशाख ५ गते मलेसियासँग हुनेछ । नेपालको दोस्रो खेलमा वैशाख ८ गते ओमानसँग टियु क्रिकेट मैदान मै हुनेछ भने नेपालले वैशाख ११ मा मुलपानी क्रिकेट ग्राउन्डमा साउदी अरेवियाको सामना गर्नेछ । नेपालको चौथो प्रतिस्पर्धा टियु क्रिकेट मैदानमा वैशाख १४ मा कतारसँग हुनेछ । 

यो प्रतियोगितामा हरेक समूहमा शीर्ष स्थानमा रहने दुई देसले सेमिफाइनल खेल्ने छन् भने सेमिफाइनलका विजेता दुई टिम फाइनलमा भिडने छन । फाइनल वैशाख १८ गते टियु क्रिकेट मैदानमा हुनेछ ।

फाइनलको विजेता देस आगामी सेप्टेम्बरमा आयोजना हुने एसीया कपका लागि छनोट हुनेछ । यसैगरि विजेतासहित शीर्ष तीन देस एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया