बुधबार, वैशाख १२, २०८१

फिल्म ‘जारी’ र ‘बिहेपास’को ट्रेलर सार्वजनिक

नेपालखोज २०७९ चैत १० गते १६:३३

काठमाडौं । वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘जारी’ र ‘बिहेपास’ले ट्रेलर पनि एकैदिन सार्वजनिक गरेका छन् । दुवै फिल्ममा दयाहाङ राईको मुख्य भूमिका रहेको छ ।

‘जारी’मा दयाहाङका अलवा मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको छ । फिल्मले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गर्छ । फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् ।

‘बिहेपास’मा दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको छ । सोसल ड्रामा बनेको फिल्मको तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गर्छ ।

शिशिर बाङदेल, बुद्धि तामाङ र रविन्द्र झाको समेत महत्वपूर्ण भूमिका छ । फिल्म प्रवेश पौडेलको निर्देशन र रोजन श्रेष्ठको निर्माण रहेको छ ।

प्रतिक्रिया