मंगलबार, असार २४, २०८२

विराट गोल्डकपः एपिएफ विजयी

नेपालखोज २०७९ चैत १२ गते ७:३०

मोरङ । विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रक लुयल फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म एक-एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २-१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेता टिमले १० लाख २५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्ने छ ।

प्रतिक्रिया