‘मानिस स्वयम्ले आफूलाई बन्दी बनाएका हुन् भन्ने कुरा बुझेका छैनन्’

– धेरैजसो मानिसहरू आफैँले बनाएका सीमाहरूभित्र बन्दी छन्, स्वयम्ले आफूलाई बन्दी बनाएका हुन् भन्ने कुरा बुझेका छैनन् ।
– तपाईं अनिच्छुकबाट इच्छुक, निष्क्रियबाट उत्साहपूर्ण बन्नुभयो भने तपाईंको जीवन आनन्दमय र सहज बन्नेछ । अनि एक दिन, जब तपाईं पछाडि हेर्नुहुन्छ, तपाईं यो देख्नेहुनेछ कि, तपाईंले अद्भुत जीवन बाँच्नुभएको छ ।
– तपाईंमा जति बढी स्पष्टता उदय हुन्छ, तपाईंभित्र त्यति बढी सहजता र उल्लास प्रस्फुरित हुनेछ ।
– साधना मूलतस् तपाईंको शरीर र मनलाई अवरोधबाट विकास र बुद्धत्त्वतर्फको पुलमा रूपान्तरण गर्नका लागि हो ।
– पानीको महत्त्व अतुलनीय छ । आज मानिसहरू यसलाई वस्तुको रूपमा हेरिरहेका छन्, तर वास्तवमा यो जीवन निर्माण गर्ने सबैभन्दा मूलभूत तत्त्व हो ।
– जङ्गलहरू अत्यन्तै प्रचुर र विविध पर्यावरण हुन्, अरू केहीले पनि तिनको स्थान लिन सक्दैनन् । जे जति जङ्गलहरू बचेका छन्, हामीले तिनलाई जोगाउनुपर्छ अनि सम्भव भएसम्म अरू जमिनलाई समेत रूखबिरूवाको छहारीमा ल्याउनुपर्छ ।
– खुसीको प्रकृति यस्तो छ, तपाईं यसलाई जति पछ्याउनुहुन्छ, यो झन् बढी पर जानेछ । पछ्याउन बन्द गर्ने र आफूभित्र हेर्ने समय भएको छ, किनकि प्रत्येक अनुभव तपाईंभित्रै हुन्छ, न कि तपाईंबाहिर ।
– कर्म विगतमा रेकर्ड भएका कुराहरूको सञ्चय हो, जुन पटक पटक दोहोरिन्छ । योगले तपाईंको जीवनलाई पुनरावृत्तिबाट गहन अनुभवमा रूपान्तरण गर्दछ ।
– तपाईंको मनमा जे भइरहेको छ, त्यो यथार्थ होइनस यी दुईबीच भिन्नता छुट्याउनु महत्त्वपूर्ण छ ।
– जीवनको स्रोत छ, जसले हामीभित्र काम गर्दछ । हामी कि त त्यसलाई बस् पूजा गर्न सक्छौँ वा सचेतन रूपमा त्यससम्म पुग्न सक्छौँ । हामी सचेतन रूपमा त्यससम्म पुग्यौँ भने त्यसलाई हामी इनर इन्जिनियरिङ भन्छौँ ।
– जब तपाईं आफूभित्र समभाव विकास गर्नुहुन्छ, तपाईंको शरीरको प्रत्येक कोषिकाले मधुरता उत्पन्न गरी प्रतिक्रिया जनाउनेछ ।
– जिम्मेवार हुनु भनेको आफ्नो जीवनको स्वामित्व लिनु हो । यसको अर्थ एक पूर्ण मनुष्य बन्नेतर्फ— अर्थात् पूर्णतया सचेतन र पूर्णतया मानवीय बन्नेतर्फ— तपाईंले पहिलो आधारभूत पाइला चाल्नुभयो ।
– जीवन सीमित मात्राको समय र ऊर्जा हो । यसलाई बढीभन्दा बढी प्रभाव सृजना गर्न प्रयोग गरौँ ।
प्रतिक्रिया