बिहीबार, जेठ २, २०८२

अमेरिका पठाइदिने नाममा ठगी गर्ने तीन जना पक्राउ

नेपालखोज २०७९ चैत १३ गते ७:५०

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने नाममा ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएकाे छ ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल र अरु दुईजना ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ रहेका छन्

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले पक्राउ गरेको हाे । अमेरिका पठाइदिने नाममा एक जनासँग २० देखि ४० लाख रुपैयाँसम्म उठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया