गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने
नेपालखोज
२०७९ चैत १४ गते ६:२२

काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।
सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार साेमबारसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।
सम्बन्धित
प्रतिक्रिया