डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

नेपालखोज २०७९ चैत १४ गते १३:२३

काठमाडौं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स र बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्शबीच सोमबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् । डिप्रोक्सले आदर्शलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

दुबै संस्थाको फागुन ३० गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । प्राप्ति पछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार हुने सहमति भइसकेको छ ।

प्रतिक्रिया