बिहीबार, वैशाख १३, २०८१

अप्रिलमा रिलिज हुने ५ ठूला भारतीय फिल्म

नेपालखोज २०७९ चैत १५ गते १५:१४

काठमाडाैं । एनएस पोनकुमारको फिल्म १६ अगस्ट १९४७ अप्रिल ७ मा रिलिज हुनेछ जसमा गौतम कार्तिक मुख्य भूमिकामा छन् । १६ अगस्ट, १९४७ ले एउटा भारतीय गाउँको रोमाञ्चक कथा बताउँछ, जहाँ एकजना मानिसले ब्रिटिश शासन विरुद्ध आवाज उठाउने निर्णय गर्छन् । यो चलचित्र प्रेम, साहस र देशभक्तिले भरिपुर्ण छ ।

चलचित्र गुमराह पनि ७ अप्रिलमै रिलिज हुँदैछ । जसमा मृणाल ठाकुर, रोनित रोय तथा आदित्य रोय कपुरले अभिनय गरेका छन्। यसमा आदित्य दोहोरो भूमिकामा प्रस्तुत हुनेछन् भने मृणालले पुलिस अफिसरको भूमिका निर्वाह गरेकि छिन् ।

सामाजिक सञ्जालमा सामन्था रुथ प्रभुको फिल्म शंकुन्तलमको निकै चर्चा छ । यो फिल्म १४ अप्रिलमा हलमा रिलिज हुँदैछ । यसमा सामन्थाका अतिरिक्त देव मोहन पनि महत्वपूर्ण भूमिकामा छन् ।

सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘किसी का भाइ किसी की जान’ को प्रतिक्षा लामो समयदेखि हुँदै आएको छ । यो चलचित्र २१ अप्रिलमा रिलिज हुँदैछ । किसी का भाइ किसी की जानमा पूजा हेगडे, शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम आदिको समेत अभिनय छ ।

पोन्नियिन सेल्भान पार्ट-२ को पहिलो भाग गत वर्ष प्रदर्शनमा आएको थियो । अब यसको दोस्रो भाग २८ अप्रिलमा रिलिज हुँदैछ। यो चलचित्रमा ऐश्वर्या राय र विक्रम मुख्य भूमिकामा छन् । मणिरत्नमको यो फिल्मलाई लिएर चलचित्र प्रेमिहरु निकै उत्साहित छन् ।

प्रतिक्रिया