महाराष्ट्रको संभाजीनगरमा दुई समूहबीच झडप, प्रहरीका धेरै गाडीमा आगजनी
नेपालखोज
२०७९ चैत १६ गते १०:२३

काठमाडौं । महाराष्ट्रको संभाजीनगरको किराडपुरा क्षेत्रमा हिजो राति दुई समूहबीच झडप हुँदा कैयौं सवारी साधनमा आगजनी भएको घटना सार्वजनिक भएको छ ।
सञ्चारमाध्यमसँग कुरा गर्दै केन्द्रीय मन्त्री भागवत कराडले यस क्षेत्रमा रहेको मन्दिरमा केही व्यक्तिले ढुंगा हानेको बताएका छन् । तर यस बारे थप जानकारी अहिले उपलब्ध छैन ।
हिजो राति भएको घटनाबारे जानकारी दिँदै प्रहरी आयुक्त निखिल गुप्ताले ‘ढुंगामुढा भएको र केही प्रहरीको गाडीमा आगजनी गरिएको’ भनेका छन्, ‘मानिसलाई तितरबितर पार्न बल प्रयोग गरेका छौँ, अहिले स्थिति शान्तिपूर्ण छ । अभियुक्त विरुद्ध ।’
सम्बन्धित
प्रतिक्रिया