खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र थ्री स्टार भिड्ने

नेपालखोज २०७९ चैत १७ गते २१:४७

काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब भिड्द्रछन् । यी दुई टिमले उपाधिका लागि शनिबार धनगढी रंगशालामा खेल्दै छन् ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लव गरी १० टोलीको सहभागी थिए ।

प्रतिक्रिया