फिनल्याण्डकी कान्छी प्रधानमन्त्री सन्ना मारिन पराजीत

फिनल्याण्ड । विश्वकै कान्छी प्रधानमन्त्रीका रुपमा चर्चित भएकी सन्ना मारिनले दोस्रो कार्यकालका लागि भएको चुनाव जित्न सकिनन् । लोकप्रिय र धेरै भोट पाए पनि उनको पार्टी चुनावमा पराजित भएको छ । सन् २०१९ मा फिनल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी सना मारिनले पुनः निर्वाचित हुन सकिनन् । आइतबार चुनावि नतिजा सार्वजनिक भएपछि उनले आफ्नो हार स्वीकार गरेका छिन् । फिनल्याण्डको यो निर्वाचनमा कन्जरभेटिभ विचारधाराको एनसिपि तथा अति दक्षिणपन्थी फिनिश पार्टीले राम्रो प्रदर्शन गरेका छन् ।
फिनल्याण्डका दक्षिणपन्थी नेता पिटरी ओर्पोले देशको आम निर्वाचनमा तीन कोणिय प्रतिस्पर्धामा विजय हासिल गरेका हुन् । उनले वामपन्थी सोसल डेमोक्र्याट तथा अति दक्षिणपन्थी फिनिस पार्टीलाई पराजित गरेका थिए । विजयको घोषणा गर्दै नेकपा नेता ओर्पोले भने, ‘हामीले सबैभन्दा ठूलो जनादेश पाएका छौं । ओर्पोको दलले २०.८ प्रतिशत मत पाएको छ भने फिनिश पार्टीले रेकर्ड २०.१ प्रतिशत मत प्राप्त गरेको छ । सना मारिनको नेतृत्वमा एसडीपीको सिट बढे पनि उनले १९.९ प्रतिशत मत मात्र प्राप्त गरिन र उनी तेस्रो नम्बरमा पुगिन्।
ओर्पोको जीत
सन्ना मारिन चुनावको समयमा पनि लोकप्रिय देखिएकि थिइन्। फिनल्याण्ड चाँडै नै नेटो सदस्य बन्न गइरहेको छ र यसलाई मरीनको कार्यकालको उपलब्धि मानिएको छ । तर कुल मतमा पछि परेपछि मरिनले हार स्वीकार गर्दै यो लोकतन्त्रको आवाज भएको बताएकी छिन् । मारिनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै भनेकि छिन, “यो चुनावमा विजयी हुनेहरुलाई बधाई। राष्ट्रिय गठबन्धन पार्टीलाई बधाई, फिनिस पार्टीलाई बधाई।” संसदमा ओर्पोको पार्टीले सबैभन्दा बढी सिट ल्याएको छ तर, सरकार गठनका लागि उनलाई गठबन्धन दलको समर्थन चाहिन्छ । ओर्पोले भने, “मलाई लाग्छ फिनल्याण्डका जनता परिवर्तन चाहन्छन्। अब म वार्ता सुरु गर्छु। म सबै पक्षसँग कुरा गर्छु।” फिनिस पार्टीका नेता रिक्का पुराले पनि ओर्पोलाई बधाई दिए । उनी आफ्नो पार्टीको कार्यसम्पादनबाट निकै खुसी छन् । उनले थप सात सिट राम्रो नतिजा भएको बताए । एसडीपीसँगको गठबन्धनमा सरकारमा रहेका अन्य तीन दलले भने नराम्रो हार बेहोरेका छन । केन्द्र पार्टी, वाम गठबन्धन र हरियाली सबैले ठूलो सिट गुमाए ।
सन्ना मारिन अझैँ लोकप्रिय
३७ वर्षकी साना मारिन सन् २०१९ मा फिनल्याण्डको प्रधानमन्त्री भएकी थिइन् । त्यसपछि उनी राष्ट्र प्रमुखको पदमा पुग्ने विश्वकै कान्छी नेता थिइन् । उनले पाँच दल सँग मिलेर सरकार बनाईन र ती सबै दलका नेता महिला थिए । अन्तर्राष्ट्रिय ख्याति कमाउनुका साथै रुस-युक्रेन युद्धका बेला उनको कडा अडानको प्रशंसा पनि भयो। यद्यपि, फिनल्याण्डको चुनावमा स्थानीय मुद्दाहरूले प्रभुत्व जमाए । अर्थतन्त्र र बढ्दो सार्वजनिक ऋण फिनल्याण्डको ठूलो समस्या थियो। सना मरिनको कार्यकालमा सार्वजनिक ऋण देशको जीडीपीको ७० प्रतिशत पुगेको थियो । उनका दुवै विपक्षी दलले सार्वजनिक खर्च कटौतीको वकालत गरेका छन् ।
प्रतिक्रिया