सोमबार, असार २, २०८२

मेरो जितको संभावना झन् बढ्यो : गोविन्द भट्टराई

नेपालखोज २०७९ चैत २० गते १३:३६

काठमाडौं । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जितको संभावना बढेको प्रतिक्रिया दिएका छन् ।

मनोनयन पछि पत्रकारसँग प्रतिक्रिया दिदै उम्मेदवार भट्टराईले निर्वाचनको मैदानमा जति धेरै उम्मेदवार आए, उति नै आफ्नो जित सुनिश्चित हुँदै गएको दाबी गरे ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट विजयी बनेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित बनेपछि रिक्त सो क्षेत्रमा आगामी वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

सो क्षेत्रमा कांग्रेसका भट्टराईसहित नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

प्रतिक्रिया