वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर
नेपालखोज
२०७९ चैत २० गते १७:२७

सुर्खेत । जाजरकोटका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हाे ।
तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी सरकारी रकम हिनामिनाको दाबीसहित आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया