सोमबार, जेठ ६, २०८२

लामिछानेविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइका लागि ताेकियाे पेसी

नेपालखोज २०७९ चैत २० गते १७:४४


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारका लागि ताेकिएकाे हाे ।

चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । 

प्रतिक्रिया