सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा
नेपालखोज
२०७९ चैत २१ गते १७:२७

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तरगत आज भएको खेलमा जावलाखेल युथ क्लबले रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराएको छ । त्यससँगै जावलाखेल लिगको शीर्ष स्थान उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे । सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेल २–० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काएपनि जावलाखेल २–१ ले विजयी भयो ।
जावलाखेलको यो चौंथो जित हो । सातदोबाटोको यो दोस्रो हार हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ । सातदोबाटो ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
सम्बन्धित

प्रतिक्रिया