आइतबार, वैशाख २८, २०८२

स्टर्मी डेनियलले ट्रम्पलाइ दिनुपर्नेछ यति करोड

नेपालखोज २०७९ चैत २२ गते ९:३८

काठमाडाैं । एडल्ट फिल्म स्टार स्टोर्मी डेनियललाइ त्यहाँको अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको एक मानहानी मुद्दामा १ लाख २२ हजार डलर (लगभग एक करोड साठी लाख रुपैयाँ) तिर्न आदेश दिएको छ ।

यो रकम स्टोर्मीले ट्रम्पको कानुनी शुल्कका रूपमा दिनु पर्नेछ । स्टर्मी ड्यानियल्सले के दाबी गरेकी थिइन् भने एक व्यक्तिले उनलाई ट्रम्पलाई पछ्याउन नछोडे उनी र उनको बच्चाको जिवन खतरामा पर्नेछ । तर, ट्रम्पले यसलाई झुटो कथा भने ।

त्यसपछि स्टर्मी डेनियलले ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरिन् । डेनियलले पछि के तर्क गरिन भने उनका वकिल माइकल एवेनाट्टीले उनको सहमति बिना उक्त मुद्दा दायर गरेका थिए । आफ्ना ग्राहकहरूलाई ठगेको आरोपमा एभेनाट्टी हाल संघीय जेलमा छन्। यहि मुद्दामा लस एन्जलसको अदालतले मंगलबार डेनियलको विरुद्धमा फैसला सुनाएको हो ।

यसअघि ट्रम्प न्यूयोर्कको अदालतमा हाजिर भएका थिए । मार्च २०२२ मा सोही सिभिल मुद्दाका सिलसिलामा ट्रम्पलाई कानूनी शुल्कका रूपमा डेनियललाई ३ मिलियन तिर्न आदेश दिइएको थियो ।

प्रतिक्रिया