चौबीस घण्टामा ९८ संक्रमित, २८ जना निको

नेपालखोज २०७९ चैत २२ गते १७:१६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण देखिएको हो ।

४२६ जनाको पीसीआर परीक्षण गर्दा ७१ जनामा र १ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३२२ पुगेको छ ।

प्रतिक्रिया