आइतबार, असार १, २०८२

‘सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित हुन्छ’

नेपालखोज २०७९ चैत २३ गते १८:१८

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने जनाएकाे छ ।

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै बिहीबार सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने बताएकी हुन् ।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि समेटिएको छ।

प्रतिक्रिया