रामेछाप जीप दुर्घटनामा परि मृत्यु हुने चारजनाकै सनाखत

नेपालखोज २०७९ चैत २३ गते १९:५६

काठमाडाैं । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) आज भएको बलेरो जीप दुर्घटनामा परि मृत्यु हुने चारजनाकै सनाखत भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।

प्रतिक्रिया