आईपीएल : आज लखनऊ र हैदरावाद खेल्दै
नेपालखोज
२०७९ चैत २४ गते ७:००

काठमाडाैं । इन्डियन प्रिमियर लिग अन्तर्गत आज लिग चरणको खेल लखनऊ सुपरजायन्ट्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । खेल लखनऊमा राती ७ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा हैदरावादका कप्तान एडेन मार्कराम, मार्को जानसेन र हेनरिक क्लासेन पनि उपलब्ध हुनेछन् । योसँगै क्विन्टन डी कक पनि लखनऊ क्याम्पमा सामेल भएका छन् ।
यो सिजन लखनऊ सुपरजाइन्ट्सको तेस्रो खेल हुने छ । लखनऊले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । र दोस्रो खेलमा चेन्नईसँग हार बेहोरेको थियो । हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी काइल मेयर्स, क्विन्टन डी कक, निकोलस पूरन र मार्क वुड हुन सक्छन् । यी बाहेक केएल राहुल, रवि बिश्नोई र आवेश खानले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया