शनिबार, वैशाख २२, २०८१

ब्याक्टेरियल संक्रमण अर्को ठूलो हत्यारा

नेपालखोज २०७९ चैत २५ गते ७:००

ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्ट अनुसार ब्याक्टेरियल संक्रमण हृदय रोग पछि संसारको सबैभन्दा ठूलो हत्यारा हो । हृदय रोगमा हृदयघात पनि पर्दछ । सन् २०१९ मा ब्याक्टेरियल संक्रमणका कारण विश्वभर १।३७ करोड मानिसको मृत्यु भएको थियो ।

यसको अर्थ यो संक्रमण प्रत्येक आठ मृत्यु मध्ये एक का लागी जिम्मेवार छ । यी मध्ये ७।७ मिलियन मृत्युका लागि केवल ३३ किसिमका रोगजनक ब्याक्टेरियाहरू जिम्मेवार थिए, जुन दुवै एन्टिमाइक्रोबियल प्रतिरोधी र संवेदनशील छन् । यी ३३ रोगजनक ब्याक्टेरियाहरू विश्वव्यापी रूपमा कुल मृत्युको १३.६ प्रतिशतका लागि जिम्मेवार छन् । अर्कातर्फ यिनै कारणले हुने मृत्युदरको कुरा गर्ने हो भने यो प्रति लाख जनसंख्यामा ९९.६ छ ।

उप(सहारा अफ्रिकामा यी रोगजनक ब्याक्टेरियाको मृत्यु दर सबैभन्दा उच्च छ । यो अध्ययन बाट अर्को एउटा कुरा बाहिर आएको छ र त्यो हो ( धनी र गरिब देशबीचको भिन्नता । उप-सहारा अफ्रिकामा यी ब्याक्टेरिया रोगजनक ब्याक्टेरियाका कारण मृत्यु दर सबैभन्दा बढी रहेको पाइएको छ जुन प्रति लाख जनसंख्यामा २३० सम्म छ । उच्च आय भएका देशहरूमा यस्तो मृत्यु सबैभन्दा कम रेकर्ड गरिएको थियो । त्यहाँ यस बाट हुने मृत्युदर प्रति लाख जनसंख्यामा ५२ छ ।

अनुसन्धानले देखाएको छ -एस. ओरियस ब्याक्टेरिया १ सय ३५ देशमा मृत्युको सबैभन्दा ठुलो कारण थियो । यो विश्वभर १५ वर्ष भन्दा माथिका व्यक्तिहरू बीचको मृत्युको सबैभन्दा धेरै संख्यासँग पनि सम्बन्धित थियो । जबकि, पाँच वर्ष वा त्यस भन्दा कम उमेरका बालबालिकाहरूमा एस निमोनिया सबैभन्दा बढी मृत्यु हुने रोग थियो ।

सन् २०१९ मा तीनवटा ब्याक्टेरियल इन्फेक्सन सिन्ड्रोमका कारण ६० लाखभन्दा बढीको ज्यान गएको अध्ययनले देखाएको छ । यी मध्ये, दुबै श्वासप्रश्वासको संक्रमण र रक्तप्रवाह संक्रमणले प्रत्येक दुई लाख भन्दा बढीको ज्यान लिएको थियो।
यसैगरी पेरिटोनियल र पेटको संक्रमण एक लाख भन्दा बढी मानिसको मृत्युको कारण थियो । यस्तो अवस्थामा, अनुसन्धानकर्ताहरूले विकासशील देशहरूमा रोग फैलन नदिने नयाँ खोपहरूको बिकास अनि उत्पादन वृद्धि गर्न आह्वान गरेका छन् ।

यससँगै एन्टिबायोटिकको बढ्दो अनुपयुक्त प्रयोगका सम्बन्धमा पनि मानिसहरूलाई सचेत गराउनु पर्नेछ । एन्टिबायोटिक प्रतिरोध आज एक प्रमुख समस्या भएको छ , जसलाई अब उपेक्षा गर्न सकिँदैन । यसले प्रत्येक वर्ष १२।७ लाख मानिसलाई प्रत्यक्ष रूपमा मारिरहेको छ । अनुमान अनुसार २०१९ मा मृत्यु भएका ४९।५ लाख मानिस कम्तिमा एउटा औषधि प्रतिरोधी संक्रमणबाट पीडित थिए। यसैलाई स्मरण गर्दै हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म जनतालाई सचेत गराउन विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह पनि मनाइन्छ ।

प्रतिक्रिया