हनी सिंह नेपालमा , आज हयातमा कन्सर्ट
नेपालखोज
२०७९ चैत २५ गते ६:४४

काठमाडौं । भारतिय र्यापर यो यो हनि सिंह काठमाडौं आएका छन् । सिंह पहिलोपटक नेपाल आएका हुन् ।
हनि सिंहले युनिफाइ नेपालको आयोजनामा आज चैत २५ गते शनिबार बौद्धस्थित होटल हयात रिजेन्सीमा हुने कार्यक्रममा प्रस्तुति दिनेछन् । उनले पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी भएको पनि प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा साधारण टिकटको १ हजार ५ सयमाथि तथा भिआइपी टिकटको ६ हजार रूपैयाँ राखिएको छ भने अधिकांश टिकट बिक्री भैसकेको बताइन्छ ।
सम्बन्धित
प्रतिक्रिया