पैसाको थुप्रो माथि सुतेको भिडियो बनाउने कारण यस्तो रहेछ

नेपालखोज २०७९ चैत २५ गते ६:५०

काठमाडौं । राष्ट्र बैंकले बिभिन्न मितिमा संचार माध्यमबाट सुचना जारी गरी ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी कार्य थालेको समाचार प्रकाशन भए पछि यस बिषयमा नेपाल प्रहरी पनि सकृय भयो ।

त्यस्तो कार्य गर्ने मानिसको खोज तलास गर्दै जाँदा प्रहरीले सामाजिक सञ्जाल टिकटकमा Fi_Venom99 ID प्रयोग गरी एक हजार,पाँच सय दरका नोटहरु राखी फोटो भिडियो पोष्ट गर्ने महोत्तरी जिल्ला बर्दिबास-१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर-५ टिकाथली बस्ने प्रयोगकर्ता सुलभ आचार्यलाई फेला पार्यो ।

आचार्य सँग सोधपुछ गर्दा अध्ययनका लागी बिदेश जाने क्रममा कलेज फि बुझाउन बैकबाट पैसा निकाली रमाईलोका लागी खाटमा पैसा बिछ्याई भिडियो बनाएको उनले बताएका छन ।

अनुसन्धानका क्रममा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएको प्रहरीले बताएको छ । आचार्यलाई प्रहरीले कागज गराई अव उप्रान्त यस्ता प्रकारका गतिविधी नगर्ने सर्तमा सचेत गराई छाडेको छ ।

प्रतिक्रिया