नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीको कारबाहीमा
नेपालखोज
२०७९ चैत २६ गते ७:००

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।
सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी सङ्घीय चुनावमा दाङ–१ बाट उम्मेद्वार बनेका थिए । नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आउनुभएका सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएकाे बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया