शुक्रबार, वैशाख २८, २०८१

इलाममा साहित्य महोत्सव

नेपालखोज २०७९ चैत २६ गते ८:३८

इलाम । इलाममा साहित्य महोत्सव इलामको सदरमुकाममा आज चैत २६ गते इलाम साहित्य महोत्सव सुरु हुँदैछ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकहरुले जनाएका छन् । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् ।

कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए । जिल्ला बाहिरबाट मात्रै १ सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए । साहित्यप्रति युवाहरुको आकर्षण बढाउन यो साहित्य महोत्सवले मद्दत पुग्ने बताइएको छ । १८ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ ।

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासी सौन्दर्य चेतना, महाभाराबाट टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतनालगायत विषयमा छलफल र बहस हुनेछ । २७ गतेसम्म चल्ने महोत्सवमा ‘कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश ?’ शीर्षकमा पत्रकार वसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालसँग बहस गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया