सन्दीप लामिछाने प्रकरण : स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको पुन: बयान लिन आदेश

नेपालखोज २०७९ चैत २६ गते १७:२८

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंले गौशाला २६ लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ । 

जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले परीक्षणमा संलग्न भएका चिकित्सकसहित ३ जनालाई वकपत्र गराउन आदेश गरेको छ । जिल्ला अदालतले खेलाडीहरु साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश गरेको छ ।

तत्कालीन समयमा परीक्षण गर्ने डा. बिदामा रहेको र उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुन: वकपत्र गराउन आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए ।

आइतबार अन्तिम फैसलाको बहसका क्रममा पीडितको परीक्षणमा संलग्न भएका चिकिकत्सकको नै बयान नलिइएको जिकिर गरेपछि न्यायाधीशले उनीहरुको बयान गराएर मात्र पेशीमा चढाउन आदेश गरेका हुन् ।

प्रतिक्रिया