कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीद्वारा राजीनामा
नेपालखोज
२०७९ चैत २६ गते १७:४७

सुर्खेत । कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका हुन् ।
४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १ र १ सांसद छन् ।
सम्बन्धित
प्रतिक्रिया