बुधबार, असार ४, २०८२

बैंकिङ क्षेत्रमा ५४ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप

नेपालखोज २०७९ चैत २६ गते २१:१२

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५४ खर्ब ३६ अर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही चैत २२ गतेसम्ममा सञ्चालनमा रहेका २२ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५६ वटा संस्थाहरुमा उक्त परिमाणमा निक्षेप रकम जम्मा भएको हो ।

बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेपमा लघुवित्त वित्तीय संस्थाहरुमा कायम रहेको निक्षेप रकम समावेश गरिएको छैन, राष्ट्र बैंकले भनेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुमा जम्मा भएको कुल निक्षेप रकम मध्येमा वाणिज्य बैंकहरुमा मात्र जम्मा भएको निक्षेप रकम भने ४७ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । बिकास बैंक र फाईनान्स कम्पनीहरुमा भने पछिल्लो अवधिमा छ खर्ब ४१ अर्ब रुपैंयाँ निक्षेप जम्मा भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल कर्जा रकम भने ४८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जा मध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४२ खर्ब ७९ अर्ब र बिकास बैंक र फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुमा कायम रहेको सिडी रेसियो भने ८५ दशमलव ४३ प्रतिशत पुगेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया