शुक्रबार, वैशाख २८, २०८१

‘टाइगर भर्सेज पठान’ बलिउडकै महंगो फिल्म हुने

नेपालखोज २०७९ चैत २७ गते १२:२३

मुम्बई । शाहरुख खान र सलमान खानले पछिल्लो समय एक अर्काको फिल्ममा केमियो गर्ने गरेका भए पनि यसले न शाहरुखको फिल्मलाई फाइदा गरेको थियो न सलमान खानको फिल्मलाई । यसको ताजा उदाहरण शाहरुखको ‘जिरो’ र सलमानको ‘ट्युबलाइट’ हुन् ।

‘पठान’मा सलमानको केमियो फापेपछि निर्माण कम्पनी यशराज फिल्मले यी दुई अभिनेतालाई लिएर ‘टाइगर भर्सेज पठान’ बनाउने भएको छ । तर बलिउड हंगामाले छापेको समाचारअनुसार यो फिल्म बलिउडकै अहिलेसम्मको महंगो लागतमा बन्ने भएको छ ।

यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । हाल ‘फाइटर’को सुटिङमा व्यस्त रहेका उनले हलिउड फिल्म मार्भलको सेटिङ सरह सलमान र शाहरुखलाई एक्सन गराउने योजना बनाएका छन् । सन् २०२४ मा फ्लोरमा गएर फिल्म २०२५ मा रिलिज गर्ने निर्माण कम्पनीको तयारी छ ।

समाचारअनुसार फिल्मको लागत ३ सय करोड अनुमान गरिएको छ जसमा कलाकारको पारिश्रमिक तोकिएको छैन । शाहरुख तथा सलमान जस्ता अभिनेताले फिल्म खेलेवापत सेयर लिने अभ्यास छ ।

प्रतिक्रिया