‘ए’ डिभिजन लिग : मनाङ र थ्री स्टारको बराबरी

नेपालखोज २०७९ चैत २७ गते २०:२३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले रोमान्चक बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । यस बराबरीसँगै मनाङले ७ खेलमा १५ अंक जोडेको छ । मनाङ शीर्ष स्थानमा रहेको छ । थ्री स्टारले ११ अंक जोडेको छ ।

प्रतिक्रिया