आइतबार, वैशाख १६, २०८१

‘स्रष्टा चैत ३०’ सम्मान कविद्वय अधिकारी र श्रेष्ठलाई

नेपालखोज २०७९ चैत २८ गते १३:४५

काठमाडौं । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा चैत ३०’ ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

उनीहरुले सिर्जना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिए । अधिकारी राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष र श्रेष्ठ नेपाली लेखक सङ्घका वर्तमान अध्यक्ष हुन् ।

लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरूकुल (आरोहण नाट्यघर) हुँदै सडकमा साहित्यिक कार्यक्रम गर्न कफ्र्यु तोडेर पुरानो वानेश्र चोकमा कविता वाचन गराउँदा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको सङ्घर्षपूर्ण दिनलाई स्रष्टाहरुले स्मरण गर्दै आएका छन् । सो सम्मान हरेक चैत ३० गते प्रदान गरिन्छ ।

प्रतिक्रिया