सोमबार, वैशाख २९, २०८२

भारतमा ४.३ रेक्टर स्केलको भूकम्प, नेपालका तराई र पूर्वी भेगमा पनि धक्का महसुस

नेपालखोज २०७९ चैत २९ गते ८:४२

काठमाडौं । बुधबार बिहान ५.३० बजे भारतको बिहारका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सहरसा, मधेपुरा, कटिहार, किशनगञ्ज, पूर्णिया, अररियामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता रेक्टर स्केलमा ४.३ मापन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रानीगञ्ज र बनमानखीको बीचमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।

भुकम्पको धक्का नेपालको तराई र पूर्वी भेगका जिल्लाहरुमा पनि महसुस गरिएको छ ।

प्रतिक्रिया