बुधबार, वैशाख १७, २०८२

आज देखि फेवा महोत्सव

नेपालखोज २०७९ चैत २९ गते ९:०५

पोखरा । नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा आज देखि १८औँ ‘फेवा नववर्ष महोत्सव’ संचालनमा आउँदैछ ।

यो महोत्सव वैशाख १ सम्म पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा संचालन हुनेछ । अहिले पोखराका होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ देखि २० प्रतिशत मात्र अकुपेन्सी भएकाले होटल सञ्चालन खर्च नै धान्न मुस्किल परिरहेको छ ।

गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको छ । यहि परिपेक्षमा पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै यो महोत्सवको मूल उद्देश्य भएको होटल ब्यबसायिहरु बताउँछन । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै विभिन्न परिकारको स्वाद लिन पाइने छ ।

महोत्सवका अवसरमा होटल सङ्घ अन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने बताइएको छ ।

प्रतिक्रिया