रास्वपाले कंसाकारलाई सांसद बनाउने
नेपालखोज
२०७९ चैत २९ गते २०:१६

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
मन्त्री बन्न मेडिकल व्यवसायीसँग रकम मागेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परेका श्रेष्ठको ठाउँमा कंसाकारलाई संसदमा पठाउने निर्णय गरेको रास्वपाले जनाएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया