सद्गुरु वाणी !

प्राचीन समयमा, मन्दिरहरू ऊर्जा केन्द्रको रूपमा बनाइएका थिए जुन शक्तिशाली ऊर्जा क्षेत्रले प्रतिध्वनित हुन्थियो । यी ठाउँहरू प्रार्थनाको लागि थिएन । मानिसहरू बिहान मन्दिर जाने र त्यहाँ केही समय बिताउने चलन थियो ताकि उनीहरू आफ्नो दैनिक कार्य सुरू गर्नु अगाडी ऊर्जा ग्रहण गर्न सकून् । व्यक्तिलाई दिनभरि आफैंमा सुखद वातावरण कायम राख्नको लागि यसलाई आवश्यक तयारीको रूपमा राखिएको थियो । तपाईं जसरी श्वास फेर्नुहुन्छ अनि आफ्नो शरीरलाई जुन स्थितिमा राख्नुहुन्छ र चलाउनुहुन्छ, त्यसबाट तपाईं आफ्नो शरीरको रसायन सुधार्न सक्नुहुन्छ । यसकारण तपाईंको शारीरिक र मानसिक स्वास्थ्यको लागि योग अभ्यासहरू अत्यन्तै महत्त्वपूर्ण छन् ।
तपाईंले एउटा सोच, विचार वा भावनामा समेत पर्याप्त ध्यान दिनुभयो भने तपाईं र पूरै मानवजातिका निम्ति त्यो द्र्रत रूपमा अत्यन्तै सानदार चीजमा बदलिन सक्छ । तपाईं यहाँ शरीर र मनको रूपमा मात्र रहनुभयो भने पीडा हुने निश्चित छ । ध्यान अर्थात् आफ्नो शरीर र मनका सीमाबाट माथि उठ्ने, अनि स्वतन्त्रता जान्ने । हामी आफूभित्र जसरी रहन्छौँ, त्यसले हाम्रो परिभाषा दिनुपर्छ, न कि हाम्रा क्रियाकलापले ।
आध्यात्मिक प्रक्रिया जीवन प्रक्रिया जस्तै हो— कुनै अवरोधबिना भइरहने । अवरोध वा सीमाहरू मानव मन र तपाईं जस्तै अरू प्राणीहरूको रचना हौ । मनुष्यका रूपमा तपाईंले परिस्थितिहरूले आफूलाई परिभाषित गर्ने स्थिति हुन दिनुपर्दैन— तपाईंले आफूले चाहेका परिस्थिति सृजना गर्ने विकल्प रोज्न सक्नुहुन्छ । जब अरू कसैले तपाईंलाई मूर्ख भन्छन्, त्यो अपमान हुन्छ । जब तपाईंमा यो बोध हुन्छ कि, तपाईं मूर्ख हो, यसको अर्थ यो जान्नका लागि तपाईं पर्याप्त रूपमा बुझकी हुनुभएको छ । मूलत: जीवनको हरेक अनुभव बोध-क्षमतासँग सम्बन्धित हुन्छ ।
तपाईंको बोध-क्षमता कुन हदसम्म छ भन्ने कुराले नै तपाईंको अनुभवको स्तर निर्धारण गर्दछ । श्री रामलाई हामीले पुज्नुको कारण उनको जीवन पर्फेक्ट भएकाले होइन । उनले जसरी कुनै पनि परिस्थितिमा सम्भव भएसम्म उत्तम तरिकाले सचेतन प्रतिक्रिया जनाए, त्यसले नै उनलाई दिव्य पात्र बनाएको हो । जब तपाईं अभौतिकलाई स्पर्श गर्नुहुन्छ, तपाईंको अस्तित्वमा असीमितताको भाव हुनेछ । मेरो कामना र आशीर्वाद यो छ, तपाईंमध्ये प्रत्येकले यो अनुभव गर्नुपर्छ । चेतना हामीमाथि कतैबाट बर्सिने होइन । यसको लागि हामीले प्रयास गर्नैपर्छ ।
प्रतिक्रिया