शनिबार, जेठ ५, २०८१

अमेरिकन ट्रिपानोसोमियासिस : जसले प्रत्येक वर्ष १२ हजार मानिसको ज्यान लिन्छ

नेपालखोज २०८० वैशाख २ गते ६:४२

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले अप्रिल १४ लाई विश्व चागस ( अमेरिकन ट्रिपानोसोमियासिस ) रोग दिवसका रुपमा मनाउने घोषणा गरेको छ । यो दिवसले यो रोग लिएर बाँचिरहेका सबै मानिसका लागि स्वास्थ्य सेवा र सेवामा समान पहुँचका लागि आह्वान गर्छ । किसिङ बग पनि भनिने यो रोगसँग लडिरहेका मानिसहरूको वास्तविकता र नतिजाहरूका बारेमा सचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले यसलाई अभियानकै रुपमा अगाडि बढाएको छ ।

संगठनको उद्देश्य २०३० सम्ममा तोकेको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने हो । किसिङ बगलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मूलन गर्न आवश्यक छ । अहिले यो रोगलाई प्राथमिक स्वास्थ्य सेवामा समावेश गर्ने समय हो। धेरै देशहरूमा किसिङ बग पत्ता लगाउने दर १० प्रतिशतभन्दा कम छ। जसका कारण यसका बिरामीलाई पर्याप्त स्वास्थ्य सेवा पुर्याउन अवरोध खडा भइरहेको छ ।

किसिङ बग ल्याटिन अमेरिकाका गरिबहरु बिच प्रचलित छ तर अहिले यो अन्य देशहरू र महाद्वीपहरूमा पनि बढन थालेको पाइन्छ । यसलाई ‘साइलेन्ट एण्ड साइलेन्ट डिजीज’ पनि भनिन्छ किनभने धेरै जसो संक्रमित व्यक्तिमा यसको कुनै लक्षण देखिदैन वा धेरै हल्का लक्षण मात्र देखिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर करिब ६० लाखदेखि ७० लाख मानिस यो रोगबाट संक्रमित छन्, जसमध्ये प्रत्येक वर्ष १२ हजारको मृत्यु हुन्छ । लगभग ७५ करोड मानिस यो रोगबाट संक्रमित हुने जोखिममा छन् ।

चगास ( Chagas ) रोग के हो ?

चागस जसलाई अमेरिकन ट्रिपानोसोमियासिस पनि भनिन्छ, प्रोटोजोआ परजीवी, ट्रिपानोसोमा क्रुजीका कारणले हुन्छ। यी परजीवीहरू मुख्यतया मल, संक्रमित रगत चुस्ने ट्रायटोमाइन कीराहरूको पिसाबको सम्पर्कबाट फैलिन्छन् – यसलाई भेक्टोरियल ट्रान्समिशन भनिन्छ। यी कीराहरू सामान्यतया घरको पर्खाल वा छतका दरारहरूमा तथा ग्रामीण र उपनगरीय क्षेत्रहरूमा कुखुराको खोर तथा गोदाम जस्ता संरचनाहरूमा बस्छन्। यिनीहरू सामान्यतया दिनमा लुक्छन् र रातमा मात्र सक्रिय हुन्छन् । तिनीहरूले जनावर र मानिसहरूको रगत खानाका रूपमा चुस्छन्। ट्रायटोमाइन बगले सामान्यतया छालाको खुला भाग जस्तै अनुहारमा टोक्छ, त्यसैले यसको सामान्य नाम ‘किसिङ बग’ हो । यो कीराले टोक्ने क्रममा दिसा वा पिसाब गर्छ त्यतिबेला परजीवीहरू मानव शरीरमा प्रवेश गर्छन् ।

यो रोग दूषित खानाबाट पनि सर्न सक्छ । शताब्दीयौंदेखि, यो रोग ल्याटिन अमेरिकामा ग्रामीण जनसंख्याको समस्या भएको छ। यद्यपि, ब्याक्टेरियाको प्रसारणलाई नियन्त्रण गर्ने काममा सफलता हात परे पनि ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रहरूमा अनि अन्तर महाद्वीपहरूमा ठूलो मात्रामा जनसङ्ख्याको आवागमन तथा अन्य प्रसारण च्यानलहरूका कारण यसको फैलनु सम्भावना बढेको छ । रक्त दान जन्मजात प्रसारण र अंग प्रत्यारोपण आदिले पनि यसको जोखिम बढाउने बताइन्छ । हालसम्म यो रोग विरुद्ध कुनै खोप उपलब्ध हुनसकेको छैन । डोमिसिलरी ब्याक्टेरिया नियन्त्रण नै यसको एकमात्र उपाय हो ।

प्रतिक्रिया