साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?
नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष-२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो । वर्ष-२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन ओटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन तयारी भइरहेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, सत्तरीको दशकले हामीलाई एक संविधान, दुई स्थानीय तह/प्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्वपूर्ण उपलब्धि छोडेर गयो । सात प्रदेश र सात सय ५३ पालिकासहितको सङ्घीय व्यवस्था कार्यान्वयनमा आयो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
३, न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
४, कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, नेपालमा संघ, प्रदेश र स्थानीय तहको यस वर्षको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
७, विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्काशित गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, बैतडीमा जिप दुर्घटनामा बझाङका एकैगाउँका ६ जनाको मृत्यु भएको छ भने सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको ज्यान गएको छ । उता सगरमाथामा गएको हिमपहिरोमा ३ जना शेर्पा आरोहीको पुरिएका छन् ।

प्रतिक्रिया