न्युजिल्यान्डमाथी पाकिस्तानको सहज जित

लाहोर । कप्तान बाबर अजामको सानदार शतकको सहयोगमा घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डमाथी दोस्रो टी-ट्वान्टी खेलमा पराजित गरेको छ ।
पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको पाहुना टोलीले दोस्रो खेलमा ३८ रनको हार व्यहोरेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको एक सय ९३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्र जोड्न सक्यो ।
न्युजिल्यान्डका मार्क चपम्यानले ४० बलमा चार चौका र चार छक्कामद्दतमा अविजित ६५ रन जोडे भने चाड बोइसले २९ र कप्तान टम लाथमले १९ रन जोडे ।
पाकिस्तानका रौफले चार ओभरमा २७ रन खर्चदै चार विकेट लिए । त्यस्तै जमान खान, सडाब खान र इमाद वासिमले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले कप्तान बाबर आजमको शतकमा निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९२ रनको योगफल खडा गरेको थियो ।
बाबरले ५८ बलमा ११ चौका र ३ छक्काेमद्दतमा अविजित एक सय एक रन जोडे । त्यस्तै ओपनर मोहम्मद रिजवानले ५० रन जोडे । बाबर र रिजवानले पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया