संकटाले एपीएफलाई हरायो

नेपालखोज २०८० वैशाख ३ गते २२:१२

काठमाडौं ।  संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा संकटाले नेपाल एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको छ ।

संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे । जुनियरले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो।

जर्सी जुद्धा खेल २७ मिनेट ढिला सुरु भएको थियो । एपीएफका खेलाडीले लगाउने जर्सी र संकटाका गोलकिपरले लगाउने जर्सी एकै रंगको परेको थियो । पछि संकटाका गोलकिपरले फरक जर्सी लगाएका थिए ।

संकटाको यो चौंथो जित हो । संकटाले १५ अंक जोडेको छ । संकटा चौंथो स्थानमा उक्लिएको छ । एपीएफले ११ अंक जोडेको छ । एपीएफ नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया