शुक्रबार, वैशाख १२, २०८२

भगवान् शिवबाट सिक्नुपर्ने कुरा

नेपालखोज २०८० वैशाख ४ गते ६:१४

हिन्दु धर्ममा भगवान् शिवलाई देवताहरुको पनि भगवानको दर्जा दिइएको छ । उनी संहारक हुनुहुन्छ र रुद्र पनि हुनुहुन्छ, उहाँ भोलेनाथ हुनुहुन्छ र तन्त्रशास्त्रका पिता हुनुहुन्छ । त्यो हामि आफैमा भर पर्छ कि हामि उनको कुन रूपको पूजा गर्छौ । सनातन मान्यतामा भगवान शिवलाई त्रिदेवमा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । भोलेनाथको व्यक्तित्वका धेरै रूपहरू छन् र प्रत्येक रूपको विशेष महत्त्व छ।

भगवान शिवको स्वरूप

भगवान शिवको तस्बिरमा सिंहको छालामा बसेको, कपालमा चन्द्रमा राखेको , घाँटीमा सर्प बेरेको देखिन्छ । शिवको तेस्रो नेत्र खुल्दा यो संसारमा प्रलय हुने विश्वास गरिन्छ । यही कारणले गर्दा शिवभक्तहरूले सधैं आफ्ना देवतालाई प्रसन्न तुल्याउने प्रयास गर्छन् किनभने उनीहरूलाई थाहा छ कि शिवको क्रोधले यो ब्रह्माण्डलाई नष्ट गर्न सक्छ ।
यदि तपाई आफ्नो जीवनलाई राम्रो सँग व्यवस्थापन गर्न चाहनुहुन्छ भने भोलेनाथका यस्ता ५ गुण छन् जसलाई जति चाँडो आफ्नो जीवनमा अपनाउनुहुन्छ, त्यति नै चाँडो तपाईको जीवनको सन्तुलन मिल्नेछ ।

खराबीलाई कहिल्यै स्वीकार नगरौं

हामीले सुन्ने भोलेनाथसँग सम्बन्धित सबै कथा वा घटनाहरूमा एउटा कुरा समान छ, उहाँ कुनै पनि खराब वा गलत कुराको अगाडि कहिल्यै कमजोर हुनु भएन र जुनसुकै खतरामा परे पनि त्यो दुष्टता नष्ट गरेपछि मात्र उहाँले आफूलाई शान्त गर्नुभयो । उहाँको यो गुणले देखाउँछ कि यदि आफूलाई बलियो व्यक्तित्वका रूपमा प्रस्तुत गर्नुछ भने हरेक खराबी विरुद्ध लड्नुपर्छ । चाहे त्यो खराबी हामि भित्र होस् वा बाहिर ।

आत्म नियन्त्रण सफल जीवनको आधार

गीतामा भगवान श्रीकृष्णले आफ्नो मनलाई नियन्त्रण गर्नेले जे पनि प्राप्त गर्न सक्छ भनेका छन् । यो कथन भगवान शिवको व्यक्तित्वमा देख्न सकिन्छ । भटकिरहेको मन तथा अनियन्त्रित दिमागले हामिलाई गहिरो खाडलमा लान सक्छ । जो आफ्नो इच्छा र भ्रमको जालमा फस्छ, उसलाई त्यस बाट बाहिर निस्कन निकै कठिन हुन्छ । त्यसैले सधैं मन बलियो राखेर अगाडि बढ्नुपर्छ ।

भौतिक वस्तुहरूको आयु छोटो हुन्छ

भगवान शिव पूर्णतया भ्रमको बन्धनबाट मुक्त हुनुहुन्थ्यो । उहाँले संसारमा रहँदा सन्यासीको जीवन बिताउनुभयो । भगवान शिवको प्रभावशाली र सफल व्यक्तित्वबाट प्रभावित हुँदै आफूलाई पैसा र भौतिक सुखबाट टाढा राख्नुमा कुनै हानि छैन । यसले हामिलाइ जीवनको उद्देश्य अझ गहिरोसँग बुझ्न मद्दत गर्नेछ।

जीवनसाथीको सम्मान

भगवान शिवलाई अर्धनारीश्वरको दर्जा दिइएको छ । उहाँ आफ्नी धर्मपत्नी ुशक्तिु बिना अपूर्ण हुनुहुन्छ र यो तथ्यलाई उहाँले पूर्ण भक्तिका साथ स्वीकार गर्नुभएको छ। उनले सधैं पार्वती देवीलाई सम्मान गर्नुभयो । उहाँको जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति उहाँकि पत्नी पनि हुनुहुन्थ्यो ।

आफ्नो अहंकार नियन्त्रण

यसमा कुनै शंका छैन कि हाम्रो गर्व हाम्रो अहंकार हो जसले हामिलाई जीवनमा वास्तविक खुशी र उचाइ प्राप्त गर्नबाट रोक्छ । यदि आफ्नो सपना वा लक्ष्यको बाटोमा कुनै बाधा छ भने सबैभन्दा पहिले अहंकार त्याग्नुपर्छ । भगवान शिव जताततै हुनुहुन्छ, उहाँ स्वयं हुनुहुन्छ तर उहाँले अहंकारलाई कहिल्यै आफू माथि हावी हुन दिनुभएन ।

सबै नश्वर छ, सबै अस्थायी छ

साधारण मानिसले कहिल्यै बुझ्दैन कि जुन संसारमा ऊ फसेको छ त्यो संसार पूर्णतया अस्थायी हो । यो क्षणिक संसारमा बन्धनमा बाँधिएको जीवन जिउनुको कुनै अर्थ छैन । शिव महान योगी हुनुहुन्छ, जसलाई थाहा छ कि आज जे छ भोलि हुनेछैन। परिवर्तन यो संसारको नियम हो र यो नियम कसैलाई पनि टार्न सक्दैन ।

प्रतिक्रिया