युरोपमा सुरु भयो नेपाली पाठशाला

काठमाडाैं । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा यो नेपाली पाठशाला सञ्चालन गरिएको हो ।
नयाँ वर्ष २०८० को अवसर पारेर भर्चुअल माध्यम जुममार्फत पाठशालाको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । उक्त अनलाइन पाठशालामा डेनमार्क, पोर्चुगल, बेलायत, नर्वे र बेल्जियमलगायतका मुलकका गरी ३१ जना नेपाली बालबालिकाको सहभागिता छ । भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिएको पाठशाला साताको हरेक शनिबार दुई घण्टा सञ्चालन हुनेछ ।
पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ । समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया