नेप्से रातै, २३ अंकले घट्दा ९२ करोडको सेयर किनबेच

नेपालखोज २०८० वैशाख ४ गते १६:०७

काठमाडौं । नेप्सेको गिरावटले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै तीन अंकले घटेको नेप्से आज पुन २३ दशमलव ६४ अंकले घटेर १९ सय आठ दशमलव चार अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७८ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ६७ वटा कम्पनीहरुको २७ हजार चार सय ३७ पटकको कारोबारमा ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९२ करोड ७८ हजार पाँच सय ७१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सूचक १२ दशमलव ७७ अंकले घटेर १२ सय ४२ दशमलव २१ अंकमा झरेको छ भने बिकास बैंक समुहको सूचक पनि ६६ दशमलव ५७ अंकले घटेर तीन हजार चार सय ७५ दशमलव १९ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सूचक पनि ३३ दशमलव एक अंकले घटेर दुई हजार चार सय ७७ दशमलव ९५ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि एक सय ४९ दशमलव ९० अंकले घटेर नौं हजार पाँच सय दुई दशमलव एक अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सूचक पनि ५७ दशमलव ७६ अंकले घटेर आठ हजार पाँच सय ६४ दशमलव ४१ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १५ सय ७३ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज ब्लुचिप फण्डको प्रतियुनिट सेयर मुल्य भने छ दशमलव २५ प्रतिशतले घटेर सात रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाईड्रोपावर कम्पनीको प्रतिकित्ता तीन सय १० रुपैंयाँ अन्तिम मुल्यमा सात करोड दुई लाख ४३ हजार छ सय ४२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया