सिंगापुर १७४ रनमा अलआउट

नेपालखोज २०८० वैशाख ५ गते १२:५३

काठमाडौं । काठमाडौंमा शुरु भएको एसीसी मेन्स पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तरगत सिंगापुरले हङकङलाई १७५ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ दशमलब १ ओभरमा १७४ रनमा अलआउट भयो ।

उसका अरित्र दत्तले सर्वाधिक ४९ रनको योगदान गरे । हङकङका लागि इशान खानले ४,यसिम मुरतजाले ३ विकेट हात पारे ।

एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा सुरु प्रतियोगितामा १० टिम सहभागी छन् । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन । यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

मुलपानीस्थित खेल मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो ।

प्रतिक्रिया